नतिजा प्रकाशनसम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारलाई सन् २०११ का लागि BSc. Forestry, BN, B.Sc. MLT, B. Pharmacy, BPH, BAMS विषयहरुमा प्राप्त हुने निःशुल्क, आंशिक तथा स–शुल्क छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न २०६८ पुष २७ गते बुधबार सञ्चालित छात्रवृत्ति छनौट परीक्षामा सहभागी परीक्षार्थीहरुमध्ये लिखित परीक्षामा उत्तीर्ण (लिखित परीक्षामा कम्तिमा ५० प्रतिशत प्राप्त) उम्मेदवारको प्राप्ताङ्कमा शैक्षिक योग्यता वापतको अंक जोड गर्दा हुन आएको प्राप्ताङ्कका आधारमा (कूल पूर्णाङ्क १०५ अंकमा) देहाय बमोजिम साधारण तथा आरक्षण तर्फको योग्यताक्रम (नतिजा) कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।



