Saturday, May 19th

Last update07:31:02 PM GMT

You are here Home

पोलियो खोप (ओ.पि.भि) (Oral Polio Vaccine)

E-mail Print PDF
0.0/5 (0 vote)

१. पोलियो खोप (Oral Polio Vaccine) के हो ?

पोलियो खोप पोलियो रोग विरुद्ध प्रदान गरिन्छ । यो खोप मुखबाट खुवाइने खोप हो । यो  खोप तरल अबस्थामा दुई किसिमको भाँडोमा उपलब्ध हुन्छ:

क) ड्रपरहरू सहितको प्लाष्टिकका शिशीहरू

ख) ड्रपरहरू अलग्गै भएको शिशीका भायलहरू 

 
२. पोलियो खोप कति सुरक्षित छ र यसका संभावित प्रतिकूल असरहरु के के हुन् ?

 पोलियो खोप (ओ.पि.भि.) ले प्राय कुनै पनि प्रतिकूल असर गर्दैन । खोप लिएपछि १ प्रतिशत भन्दा कम बालबालिकाहरुमा टाउको दुख्ने, पखाला लाग्ने वा मांसपेशी दुख्ने हुन सक्दछ । पोलियो खोपकै कारणले हुने पक्षघातिक पोलियो (Vaccine associated paralytic poliomyelitis-VAPP)  हुने सम्भावना पनि निकै कम मात्रामा हुन्छ । पोलियो खोप लिएका दश लाख बच्चाहरु मध्ये करीब दुई देखी चार जनालाई खोपकै कारणले हुने पक्षघातिक पोलियो (VAPP) हुने जोखिमको सम्भावना हुन्छ तर यो निकै न्यून भएको आजसम्मको प्रतिवेदनले देखाएको छ । नेपालमा तेह्रौ पटक राष्ट्रिय पोलियो खोप अभियान संचालन गरी सक्दा पनि यस प्रकारको कुनै घटना घटेको छैन ।

३.प्रयोग विधिको सारांशः पोलियो खोप (ओ.पि.भि.)

खोपको किसिम

जीवित र मुखबाट दिइने पोलियो खोप (Live Oral Polio Vaccine-OPV)

दिनुपर्ने मात्रा

तीन पटक तर प्रकोप भएको देशमा चार (जन्मनासाथ दिएको मात्रा समेत)

समय तालिका

बच्चा जन्मिएको ६, १० र १४ हप्तामा

थप मात्रा

पोलियो निमूर्ल पार्ने अभियानहरूमा थप मात्रा दिइन्छ ।

निषेध अवस्था

छैन ।

प्रतिकूल असर

खोपकै कारणले हुने पक्षघातिक पोलियो एकदम विरलै हुन्छ (दशलाख बच्चामा दुई देखी चार जनालाई हुन सक्छ)

विशेष सावधानी

जन्मजात प्रतिरोधात्मक क्षमता कमी भएका (Congenital immune deficiency syndrome)  बच्चाहरूले मुखबाट खुवाइने पोलियो थोपा (OPV) भन्दा सुईबाट दिइने अजिवित पोलियो विषाणु खोप (IPV) लिनु राम्रो हुन्छ ।

मत्रा

दुई थोपा

भण्डारण व्यवस्था

+२० से. +८० सेल्सियसको बिचमा भण्डार गर्ने (लामो अवधिसम्म भण्डारण गर्दा –१५० देखि –२५० सम्म राख्न सकिन्छ)

 

४. खोप अभियान मार्फत प्रदान गरिने पोलियो खोपको पुरक मात्रा भनेको के हो?

नियमित खोप सेवाको अतिरिक्त राष्ट्रिय खोप दिवस/विशेष पोलियो खोप दिवसको रुपमा थप मात्रामा दिइने पोलियो खोप (OPV) नै पुरक मात्रा हो । यसरी दिइएको थप मात्राले बालबालिकाहरुमा पोलियो विरुद्ध प्रतिरोधात्मक शक्ति वृद्धि गर्छ । यो पोलियो उन्मूलन गर्ने एउटा महत्वपूर्ण रणनीति हो । पाँच वर्ष मुनिका सबै बच्चाहरूलाई उनीहरूले पहिले जति मात्रा पोलियो थोपा खाइसकेको भए पनि यसरी संचालन गरिने खोप अभियानमा सबै बालबालिकालाई पोलियो थोपा खुवाउनै पर्दछ । अभियान मार्फत एक महिनाको अन्तरमा साधारणतया पहिलो र दोश्रो चरणमा व्यापक अभियान (राष्ट्रिय खोप दिवस) संचालन गरेर यो खोप दिइन्छ । धेरै पटक पोलियो खोप अभियान संचालन हुन सक्छन् त्यसैले हरेक पटक पोलियो खोपको मात्रा लिएर कसैलाई पनि हानी हुँदैन बरु यसले पोलियो रोग विरुद्ध लड्न थप टेवा पुग्दछ ।



Add comment