१. बि.सि.जि. खोप के हो ?
बि.सि.जी. खोपले बच्चाहरूलाई क्षयरोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । वि.सि.जी. को पूरा अर्थ व्यासिलस क्यालिमेट ग्यूरिन (Bacille Calmette–Guérin) हो । व्यासिलसले ब्याक्टेरीयाको आकार बुझाउँछ भने क्यालिमेट र ग्यूरिन यो खोप पत्ता लगाउने व्यक्तिहरूको नाम हो ।
वि.सि.जि. खोप धूलो (फ्रिज ड्रइड पाउडर) रूपमा उपलब्ध हुन्छ । यसलाई प्रयोग गर्नु अघि यसको घोलक सँग घोलेर तयार पार्नु पर्दछ । बि.सि.जी. खोपलाई घोल्दा बि.सि.जी.कै घोलकसँग मात्र घोल्नुपर्दछ जुन घोलक खोप बनाउने कम्पनीले नै बनाएको हुन्छ र तापक्रम पनि समान भएको हुनुपर्छ । घोलेपछि वि.सि.जी. खोपलाई +२० देखि +८० सेल्सियस विचको तापक्रममा राख्नुपर्दछ । खोप घोलिएको ६ घण्टा पश्चात् प्रयोग गर्नु हुँदैन । तसर्थ खोप घोलिसकेपछि ६ घण्टा नाघ्ने वित्तिकै अथवा ६ घण्टा ननाघेमा पनि खोप लगाउने अवधि वा खोप सेसन सिद्धिनासाथ फ्याक्नुपर्दछ ।
२. बि.सि.जि. खोप कति सुरक्षित छ र यसका संभावित प्रतिकूल असर के के हुन् ?
बि.सि.जी. सुई दिएको स्थानमा धेरै जसो बच्चाहरूमा प्रतिक्रिया स्वरुप पाक्न जान्छ । साधारणतया वि.सि.जी. खोप दिएको स्थानमा सानो डल्लो (गिर्खा) देखा पर्दछ । यो धेरै जसो ३० मिनेट पश्चात् हट्दछ । करीब दुई हप्ता पछि नतिखारीएको शिशाकलमको टुप्पो आकारको रातो घाउ बन्दछ । घाउ अर्को दुई हप्तासम्म रहन्छ र त्यसपछि निको हुन्छ । करिब ५ मि.मि. नापको खत रहन्छ । यो बच्चाले राम्रो सँग खोप प्राप्त गरेको अथवा रोग संग लड्ने शक्ति प्राप्त गरेको चिन्ह हो ।
अन्य प्रतिक्रियाहरूमाःखोप दिएको ठाउँमा सुन्निने (swelling) अथवा घाउ (abscesses) हुन सक्छ । कहिले काँही बच्चाहरूको काखीका ग्रन्थीहरू पनि सुन्निन सक्छन । यस्ता असरहरु प्रायगरी निर्मलीकरण विनाको (Unsterile) सिरिञ्ज वा सुईको प्रयोग, चाहिने भन्दा धेरै खोप दिंदा अथवा गलत तरीकाले खोप छालाको माथिल्लो तहमा नदिई छालाभित्र दिंदा ग्रन्थीहरूमा यस्तो असर हुन सक्छ ।
बि.सि.जी. खोप पश्चात् ज्यादै थोरैमा मात्र कडा प्रतिक्रिया देखापर्दछन् । बि.सि.जी. खोप लगाएका करिब दश लाख मध्ये पाँच जनालाई साधारण सङ्क्रमण हुन सक्छ र यो खास गरी एच. आई. भि. संक्रमित ब्यक्तिहरू र रोग बिरुद्ध लड्ने क्षमता ह्रास भएका व्यक्तिहरुमा बढी देखा पर्दछ ।
प्रयोग विधिको सारांश: बि.सि.जी.
|
खोपको किसिम |
जीवित जिवाणु (Live bacterial) |
|
दिनुपर्ने मात्रा |
एक मात्रा |
|
समय तालिका |
जन्मनासाथ वा १ वर्ष भित्रको उमेरमा जति सक्दो चाँडो |
|
थप मात्रा |
छैन |
|
निषेध अवस्था |
एच.आई.भी. का लक्षण देखिएको अवस्थामा |
|
प्रतिकूल असर |
खोप लगाएका ठाउँ पाक्ने, ग्रन्थीहरु सुजन हुने, कम मात्रामा हड्डीको संक्रमण हुने |
|
विशेष सावधानी |
सही रूपमा छाला भित्र दिनु आवश्यक छ । वि.सि.जी. सुई दिंदा विशेष प्रकारको सिरिञ्ज र सुई प्रयोग गरिन्छ । |
|
मत्रा |
०.०५ मि.लि. |
|
सुई लगाउने स्थान |
दायाँ पाखुराको माथिल्लो बाहिरी भाग । |
|
सुईको किसिम |
छाला भित्र |
|
भण्डारण व्यवस्था |
+२० से. देखि + ८० सेल्सियसको बिचमा भण्डार गर्ने तर लामो अवधिसम्म भण्डारण गर्न परेमा वा +२० से. देखि + ८० सेल्सियसको तापक्रममा भण्डारण गर्ने क्षमता कम भएमा –१५० देखि –२५० सम्म भण्डारण गर्न सकिन्छ तर यसको घोलकलाई जम्न दिनु हुँदैन
|



