१. हेमोफिलस इनफ्लुएन्जा बी खोप के हो ?
हेमोफिलस इनफ्लुएन्जा बी (Haemophilus influenzae type b) भ्याक्सिनले निमोनिया, मेनिन्जाइटिस्, र अन्य प्रकारका जिवाणुबाट हुन सक्ने गम्भीर प्रकृतिका रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्दछ । अन्य कारणहरुले गर्दा माथिका असरहरु भएमा भने यो भ्याक्सिनले सुरक्षा प्रदान गर्दैन ।
हेमोफिलस इनफ्लुएन्जा बी भ्याक्सिन तरल अथवा सुख्खा पाउडर (चिस्याउने प्रक्रियाद्धारा बनाएको पाउडर) (Freeze-dried) अवस्थामा उपलब्ध हुन्छ । हेमोफिलस इनफ्लुएन्जा बी भ्याक्सिन एकल रुपमा वा अन्य भ्याक्सिनसंग संयुक्तरुपमा उपलब्ध हुन्छ । धेरै जसो देशहरुमा हेमोफिलस इनफ्लुएन्जा बी भ्याक्सिन डि.पि.टि र हेप बी. संग मिसिएको अवस्थामा दिइन्छ जस्तै डि.पि.टि–हेप बी.+ हेमोफिलस इनफ्लुएन्जा बी भ्याक्सिन ।
२. हेमोफिलस इनफ्लुएन्जा बी खोप कति सुरक्षित छ र यसका संभावित प्रतिकूल असरहरु के के हुन् ?
हेमोफिलस इनफ्लुएन्जा बी भ्याक्सिन धरै सुरक्षित हुन्छ । यस भ्याक्सिनबाट कुनै पनि जटिल प्रकारका असरहरु भएको पाइएको छैन । यस भ्याक्सिनबाट हुन सक्ने सामान्य असरहरु निम्न छन्ः
दुखाईः हेमोफिलस इनफ्लुएन्जा बी भ्याक्सिन लिएका करीब ५ देखि १५ प्रतिशत व्यक्तिहरुमा सुई लगाएको ठाउँमा घाउ रातो हुने, सुन्निने र हल्का दुखाई हुने जस्ता असरहरु देखा पर्दछन् ।
ज्वरोः हेमोफिलस इनफ्लुएन्जा बी भ्याक्सिन लगाएको केहि समय पछि भ्याक्सिन लगाएका व्यक्तिहरु मध्ये २ देखि १० प्रतिशत व्यक्तिहरुमा सामान्य ज्वरो देखा पर्दछ ।
प्रयोग विधिको सारांश:
|
खोपको किसिम |
संयुक्त रुप (Conjugate) |
|
दिनुपर्ने मात्रा |
दुई अथवा ३ मात्रा (भ्याक्सिन उत्पादन गर्ने कम्पनी अनुसार फरक पर्न सक्छ) |
|
समय तालिका |
६, १० र १४ हप्ताको उमेरमा (भ्याक्सिन उत्पादन गर्ने कम्पनी अनुसार फरक पर्न सक्छ) |
|
थप मात्रा |
छैन |
|
निषेध अवस्था |
पहिलो मात्रा लगाउँदा एलर्जी भएमा |
|
प्रतिकूल असर |
सामान्य स्थानीय प्रतिक्रिया |
|
विशेष सावधानीहरू |
छैन |
|
मात्र |
०.५ मि.लि. |
|
सुई लगाउने स्थान |
शिशुको बिच तिघ्राको बाहिरी भाग । ठुला बालबालिकाहरुको लागि पाखुराको बाहिरी भाग |
|
सुईको किसिम |
मासुमा |
|
भण्डार व्यवस्था |
+२० से. देखि + ८० सेल्सियसको बिचमा भण्डार गर्ने |



