Saturday, May 19th

Last update07:31:02 PM GMT

You are here Home

जापानीज इन्सेफ्लाइटिस् खोप (Japanese encephalitis Vaccine)

E-mail Print PDF
0.0/5 (0 vote)

८.१ जापानीज इन्सेफ्लाइटिस् खोप के हो ?

जापानीज इन्सेफ्लाइटिस् रोगका विरुद्ध खासगरी दुई किसिमका खोपहरु उपलब्ध छन् जसमा जीवित तर कमजोर पारिएको  (Live attenuated: SA 14-14-2) र मृत बिषाणु (inactivated killed) भ्याक्सिनहरु पर्दछन् । SA 14-14-2 भ्याक्सिन धूलो पाउडरको रूपमा (फ्रिजड्राइड पाउडर) उपलब्ध हुन्छ । यसलाई प्रयोग गर्नु अघि घोलक सँग घोलेर तयार पार्नु पर्दछ । यसरी घोली सकेको खोप १ घण्टा भित्र प्रयोग गनुृ पर्दछ । खोप घोलिएको १ घण्टा पश्चात् प्रयोग गर्नु हुँदैन । तसर्थ खोप घोलिसकेपछि १ घण्टा नाघ्ने वित्तिकै अथवा १ घण्टा ननाघेमा पनि खोप लगाउने अवधि वा खोप सेसन सिद्धिनासाथ फ्याक्नु पर्दछ । हाल नेपालमा जापानीज इन्सेफ्लाइटिस् रोगका विरुद्ध जीवित तर कमजोर पारिएको (Live attenuated: SA 14-14-2) भ्याक्सिन प्रयोग भईरहेको छ । 


२. जापानीज इन्सेफ्लाइटिस् खोप कति सुरक्षित छ र यसका संभावित प्रतिकूल असरहरु के के हुन् ?

जापानीज इन्सेफ्लाइटिस् खोप लगाएपछि निम्न किसिमका सामान्य असरहरु हुन सक्दछन्:


दुखाईः जापानीज इन्सेफ्लाइटिस् खोप लगाएका ५ जना मध्ये १ जनालाई सुई लगाएको ठाउँमा तातो भै दुखिरहने, रातो हुने र सुन्निने हुन्छ ।  
ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र मांसपेशी दुख्ने जस्ता किसिमका असरहरु खोप लगाएका ५ जना मध्ये एक जनामा देखा पर्दछन् । यी धेरै जसो असरहरु केहि दिन सम्म मात्र रहन्छन् । 

यो खोप लगाएपछि हुन सक्ने सामान्य असरहरुको तथ्यः

  • यो खोप लगाए पछि अझै सम्म कुनै पनि कडाखाले प्रतिक्रियाहरु देखिएका छैनन् 
  • एउटा अध्ययनमा करीब ५८८,५१२ जनालाई यो खोप प्रदान गर्दा जम्मा ०.४६ प्रतिशतलाई ज्वरो आएको, ०.०८ प्रतिशतलाई बिमिरा आएको, ०.०३ प्रतिशत बेहोस भएको, ०.०३ प्रतिशतलाई चक्कर लागेको पाइएको छ ।    


प्रयोग विधिको सारांश: जापानीज इन्सेफ्लाइटिस् खोप

खोपको किसिम

जिवित तर कमजोर पारिएको (SA-14-14-2)

दिनुपर्ने मात्रा

एक मात्रा

समय तालिका

१२ देखि २३ महिना भित्र (नेपालको सन्दर्भमा)

थप मात्रा

छैन

निषेध अवस्था

पहिलो मात्रा लगाउँदा एलर्जी भएमा, गर्भावस्तामा, ज्वरो आइरहेको मानिस (कानको छेउमा विमिरा आएको भएमा), एड्सको लक्षण देखा परेकोमा

प्रतिकूल असर

प्रतिकूल असर ज्वरो आउनु, बिमिरा आउनु, बेहोस हुनु र चक्कर लाग्नु

विशेष सावधानीहरू

छैन

मात्र

०.५ मि.लि. (सबै उमेर समुहको लागि)

सुई लगाउने स्थान

दायाँ तिघ्राको माथिल्लो भाग

सुईको किसिम

छाला र मासुको बिचमा (subcutaneous)

भण्डार व्यवस्था

+२० से. देखि + ८० सेल्सियसको बिचमा भण्डार गर्ने




Add comment