Wednesday, Feb 22nd

Last update07:31:02 PM GMT

You are here Lok Sewa Aayog कर्मचारीतन्त्र भ्रष्टाचार (Corruption)

भ्रष्टाचार (Corruption)

E-mail Print PDF
0.0/5 (0 vote)
  • भ्रष्ट + आचार = भ्रष्टाचार
  • निजी वा व्यक्तिगत फाईदाका लागि सार्वजनिक वा निजी ‌ ओहदाको दुरुपयोग ।
  • सार्वजनिक पदाधिकारीले आफ्नो सार्वजनिक शक्तिको गलत प्रयोग वा दुरुपयोग गरी आफू वा आफ्नो नजिकको पक्षलाई अनुचित लाभ पुर्‌याएमा भ्रष्टाचार हुन जान्छ ।
  • Corruption involves behavior or the part of officials in the public sectors, whether politician or civil servants in which they improperly and unlawfully enrich themselves or these close to them by the misuse of the public power entrusted to them." – Transparency International
  • Corruption is the misuse of public and private office for personal gain. "Misuse" covers both sins of commission (i.e. taking illegal actions) and sins of omission (i.e. deliberately turning the other way." – PSA Sundaram & Schiavo Campo (To serve to preserve 2001).

 

सार्वजनिक ओहदाको दुरुपयोगलाई मात्र भ्रष्टाचार मान्ने परिभाषालाई अपूर्ण मानिन्छ । Mexico को मेरिडामा December 11, 2003 मा ९५ वटा राष्ट्रहरुले हस्ताक्षर गरेको भ्रष्टाचार विरुद्ध राष्ट्र संघीय महासन्धीले सार्वजनिक र निजी शक्ति दुवैको दुरुपयोगलाई भ्रष्टाचारको रुपमा स्वीकारेको छ ।

 

भ्रष्टाचारको किसिम 

१. ठूलो र सानो भ्रष्टाचार (Grand and Petty Corruption)

२. प्रणालीगत र व्यक्तिगत भ्रष्टाचार

३. संगठित र असंगठित भ्रष्टाचार

४. औपचारिक भूमिकाबाट विचलित गराउने र नगराउने भ्रष्टाचार

 

कस्ता कार्यलाई भ्रष्टाचार मान्ने

 Gerald E. Caiden का अनुसार निम्न कार्यहरुलाई भ्रष्टाचारको रुपमा लिइन्छ ।

  • राष्ट्रद्रोह, विध्वशं, गैरकानूनी बैदेशिक कारोबार, तस्करी,
  • हिनामिना, जालसाजी, हडप, मसोट, श्रेष्ताको तोडमरोड, कोषको गलत प्रयोग,
  • शक्तिको दुरुपयोग, धाकधम्की, यातना, अनुचित माफि र मिन्हा,
  • छलकपट र जालझेल, घोरवाधकी र ठगी,
  • न्यायको अपव्याख्या, झूठो प्रमाण, झूठा मुद्धा वा अभियोग, गैरकानूनी थुना,
  • सार्वजनिक कोषको निजीकरण र चोरी,
  • कर्तव्यको गैरसम्पादन, परनिर्भरता,
  • निर्वाचनमा अनुचित फेरवदल, मतदानमा धाँधली, Gerrymandering
  • गोप्य सूचनाको गलत प्रयोग, अभिलेखको अपव्याख्या,
  • सरकारी सम्पत्तिको अनधिकृत विक्री,
  • घुसखोरी, जवर्जस्ती कार्य, गैरकानूनी शुल्क, रिसवत,
  • नियमको आफ्नो स्वार्थमा प्रयोग, ठेक्कापट्टा र करारमा प्रभाव,
  • अनुचित प्रभाव, समर्थन दलाली, स्वार्थका लागि द्वन्द्व,
  • करछली, नाफाखोरी,
  • अनुचित उपहार, सैसा, मनोरञ्जन र यात्रा स्वीकार
  • संगठित अपराधीहरुसंग साँठगाँठ, कालोबजारी,
  • भाइभतिजावाद, अनावश्यक स्वर्थपूर्ण गोपनियता
  • गैरकानूनी निगरानी, दुरसञ्चारका माध्यम र चिठीपत्रको गलत प्रयोग,
  • कार्यालयको छाप र कागजातका साथै अन्य सुविधाकाको दुरुपयोग

 

भ्रष्टाचार निवारण ऐन, २०४९ ले भ्रष्टाचार भन्नाले परिच्छेद—२ अन्तर्गत सजाय हुने कसुर सम्झनुपर्छ भनी उल्लेख गरिएको छ । परिच्छेद–२ मा निम्न कसुरहरु उल्लेख भएको र ती कसुरहरुलाई नै भ्रष्टाचार मान्नुपर्ने हुन्छ ।

  • रिसवत लिने दिने,
  • विनामूल्य वा कम मूल्यमा राष्ट्रसेवकले वस्तु वा सेवा लिने,
  • दान, दातव्य, उपहार वा चन्दा लिने,
  • कमिशन लिने,
  • राजस्व चुहावट गर्ने,
  • गैरकानूनी लाभ र वा हानी पुर्‌याउने वदनियतले काम गर्ने,
  • गलत लिखत तयार गर्ने,
  • सरकारी कागजात सच्याउने,
  • सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्ने,
  • प्रश्नपत्रको गोपनियता भंग गर्ने वा परीक्षाको परिणाम फेरवदल गर्ने,
  • गैरकानूनी व्यापार व्यवसाय गर्ने,
  • नपाएको ओहदा पाए भन्ने,
  • भुठ्ठा विवरण दिने,
  • सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने,
  • गैरकानूनी दवाव दिने,
  • गलत प्रतिवेदन दिने,
  • गैरकानूनी रुपमा अस्वाभाविक सम्पत्ति आर्जन गर्ने ।

 

भ्रष्टाचारले सिर्जना गर्ने समस्याहरु 

  • भ्रष्टाचारले प्रत्येक समाजको नैतिक मूल्यलाई ध्वस्त पार्छ,
  • गरीव र दीनहिन जनताको आर्थिक सामाजिक अधिकारहरु उल्लंघन गर्छ,
  • प्रजातन्त्रलाई कमजोर बनाउँछ ,
  • कानूनको शासनलाई भताभुङ्ग बनाउँछ ,
  • विकासलाई अवरुद्ध पार्छ,
  • स्वतन्त्र र खुला प्रतिस्पर्धाका लाभहरुबाट खासगरी गरीव जनतालाई बञ्चित गर्छ,
  • प्रजातन्त्र र सुशासनलाई कमजोर पार्छ,
  • नीति र कार्यान्वयन प्रक्रियामा जनसहभागिता हुँदैन,
  • सेवाप्रवाहमा असर पार्छ,
  • संस्थागत क्षमता कमजोर हुन्छ ,
  • लागत बढाउँछ,
  • आर्थिक र लगानी सम्बन्धी समस्या,
  • नैतिकतामा असर,
  • सरकारी विश्वसनीयतामा ह्रास
  • द्वन्द्वको कारक


Add comment